धारा २१
अपराध पीडितको हक

(१) अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुनेछ ।
(२) अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनस्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ ।